कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंक उकालो लाग्यो

चैत्र १९, २०७७ | काठमाडौं

कारोबार हुने साताको अन्तिम दिन बिहीबार धितोपत्र बजार दोहोरो अंक उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज १२ दशमलव ८८ अंकले उकालो लागेर २ हजार ६ सय ३१ दशमलव ८९ बिन्दुमा पुगेको छ । 

नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा एक अर्ब ९ करोड रुपैयाँ भन्दा बढीले वृद्धि भएको छ । कारोबारको भोल्यूम पनि बढेको छ । हिजो ४३ अंकले उकालो लागेको नेप्सेमा ६ अर्ब १६ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

नेप्सेमा आज कुल २ सय १८ कम्पनीका ७४ हजार २ सय ८ कारोबारबाट एक करोड ४३ लाख ९० हजार ४ सय ४७ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ७ अर्ब २५ करोड ९ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

नेप्सेमा आज कारोबारमा आएका १३ मध्ये ९ वटा उपसमूहको सूचक उकालो लागेको छ । सबैभन्दा बढी व्यापार उपसमूहको सूचक ८ दशमलव ६३ प्रतिशतले बढेको छ । 

अन्यको ३ दशमलव २६, विकास बैंकको २ दशमलव ३ र वित्त उपसमूहको सूचक १ दशमलव ९६ प्रतिशतले बढेको छ । कारोबारको अन्तिम दिन नेप्सेमा आज अपर तामाकोशी जलविद्युत आयोजनाको सबैभन्दा बढी ३० करोड २२ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 


प्रतिक्रिया