ब्याजदर बढाउने वाणिज्य बैंकको निर्णयको असर सेयर बजारमा

कार्तिक १, २०७८ | काठमाडौं

कारोबारको दोस्रो दिन आज धितोपत्र बजार उच्च अंकले ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २ दशमलव ६२ प्रतिशतले कम हो । 

वाणिज्य बैंकहरुले बचत तथा मुद्दती खातामा ब्याजदर बढेको सूचना सार्वजनिक गरेपछि त्यसको असर धितोपत्र बजारमा देखिएको हो । मुद्दती खातामा वाणिज्य बैंकले ११ प्रतिशत भन्दा बढी ब्याज दिने घोषणा गरेका छन् । नेप्से ओरालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही सुधार देखिएको छ । 

नेप्सेमा आज कुल २ सय १८ कम्पनीका ४० हजार ४ सय १ कारोबारबाट ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, २ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आइतबार १७ अंकले उकालो लागेको नेप्सेमा एक अर्ब ४९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा आज कारोबारमा आएका १३ मध्ये १२ वटा उपसमूहको परिसूचक ओरालो लागेको छ । व्यापार उपसमूहको परिसूचक भने उकालो लागेको छ । 


प्रतिक्रिया