मंगलबार पनि घट्यो नेप्से, कारोबार रकम ५ अर्बमा सीमित

माघ ११, २०७८ | काठमाडौं

धितोपत्र बजार लगातार तेस्रो कारोबारको दिन आज पनि ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ५ दशमलव ५९ अंकले घटेर २ हजार ८ सय १५ दशमलव ६ बिन्दुमा पुगेको छ । 

यसअघि नेप्से कारोबारको पहिलो दिन आइतबार १० र दोस्रो दिन हिजो करीब १ सय अंकले घटेको थियो । नेप्सेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा भारी गिरावट आएको छ । 

नेप्सेमा आज कुल २ सय २९ कम्पनीका ७२ हजार कारोबारबाट ९७ लाख ८४ हजार कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ५ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आज जीवन बीमा बाहेक बाँकी सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । 


प्रतिक्रिया