हवाई भाडा वृद्धि

असार ६, २०७९

हवाई इन्धनको मुल्यवृद्धि भएसंगै हवाई भाडा समेत बढेको छ । वायुसेवा सञ्चालक संघले पर्सी बुधबारबाट लागु हुने गरी सबै आन्तरिक उडानको भाडा बढाएको हो । संघका अनुसार धनगढीका लागि सबैभन्दा बढी ८ सय ४० रुपैयाँ भाडा बृद्धि भएको छ । काठमाडौं–धनगढी रुटको भाडा अब अधिकतम १६ हजार ८ सय ५ रुपैयाँ पुगेको छ । 

काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १ सय ७० रुपैयाँ भाडा बढेको छ । सिमराको यात्रा अधिकतम ४ हजार १ सय ९५ पुगेको छ । त्यस्तै, भाडा बढेपछि भरतपुरका लागि अधिकतम ४ हजार ९ सय ३५ रुपैयाँ तिर्नुपर्ने छ । काठमाडौंबाट हिमाली क्षेत्रको भाडा अब १४ हजार ७ सय २० रुपैया पुगेको छ । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १ सय ८५ रुपैयाँ पुर्‍याएको छ ।


प्रतिक्रिया