मुलुकबाट बाहिरियो १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ

रेडियो कान्तिपुर संवाददाता

असार ९, २०७९ | काठमाडौं

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न वस्तुको आयात गर्दा मुलुकबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको मुद्रा बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार डेढ सयभन्दा बढी देशबाट नेपालमा विभिन्न वस्तु आयात भएको छ । 

द्वन्द्वग्रस्त मुलुक युक्रेनसँग पनि नेपालको व्यापारको हिस्सा ठूलो रहेको देखिएको छ । युक्रेनबाट नेपालमा पछिल्लो ११ महिनामा २० अर्ब ८१ करोड रुपैयाँ बराबरको तेलहनका कच्चा पदार्थ आयात भएको छ । भारतबाट ११ खर्ब रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । सोही अवधिमा नेपालले भारतलाई १ खर्ब ४५ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ । चीनबाट २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । 


प्रतिक्रिया