भित्र्याइयो ३ र्‍याक मल

श्रावण २४, २०७९ | वीरगन्ज

कृषि सामाग्री कम्पनीको ३ र्‍याक युरिया मल वीरगन्ज आइपुगेको छ । कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र चम्लागाईका अनुसार, गत शुक्रबारदेखि हिजोसम्म ३ र्‍याक युरिया मल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको हो । चौथो रेल्वे र्‍याक युरिया मल कोलकाता बन्दरगाहबाट आउने क्रममा रहेको चम्लागाईले जानकारी दिनुभयो ।

 ग्लोबल टेण्डरबाट मल आपूर्तीको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले भारतको कोलकाता बन्दरगाह हुँदै सो मल वीरगन्ज ल्याइरहेको छ । एक रेल्वे र्‍याकमा सामान्यतया २ हजार ५ सय मेटन मल हुने गरेको छ । कूल ३० हजार मेटन युरिया मल आपूर्तीको ठेक्का पाएको स्विस सिंगापुरले कम्पनी वीरगन्ज प्रादेशिक कार्यालय र भैरहवा प्रादेशिक कार्यालय गरी दुबै कार्यालयका लागि मल ल्याएको हो ।



प्रतिक्रिया