पर्यटक लक्षित विद्युतीय बस सञ्चालनमा

आश्विन १३, २०७९ | भैरहवा

लुम्बिनीमा पर्यटक लक्षित गरि विद्युतीय बस सञ्चालनमा आएको छ । लुम्बिनीको वातावरण प्रदूषण न्यूनीकरण गर्न र बुद्ध सर्किटको यात्रा गराउन एसियाली विकास बैंक एडीबीले अनुदानमा उपलव्ध गराएको पाँच वटा विद्युतीय बस आजबाट सञ्चालनमा आएका हुन् । एडीबीले पाँच वटा बस र १४ वटा भ्यान तीन वर्षअघि लुम्बिनी विकास कोषलाई उपलब्ध गराएको थियो तर, ती सवारी साधन कसरी सञ्चालन गर्ने भन्नेबारेमा मोडालिटी नहुँदा र पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषलाई हस्तान्तरण नगरेका कारण त्यसै थन्किएका थिए ।

 लुम्बिनी विकास कोषसहित अन्य सरोकारवाला निकायसँग भएको सहमतिपछि बस सञ्चालनमा आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो । बस रूपन्देहीको सीमा नाका बेलहिया, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी, बुद्ध मावली स्थान रामग्रामदेखि बेलहिया र लुम्बिनी हुँदै तिलौराकोटसम्म सञ्चालन हुने छ ।


प्रतिक्रिया