४२ हजार टन बढी मल मौज्दात

मंसिर १८, २०७९ | काठमाडौं

सरकारले ४२ हजार टन बढी मल मौज्दात रहेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार युरिया, डीएपी र पोटास गरी कृषि सामग्री कम्पनीसँग ३५ हजार ४ सय ४९ टन र साल्ट ट्रेडिङसँग ७ हजार ५ सय ३४ टन मल मौज्दात छ । 

चालु आर्थिक वर्ष हालसम्म ८६ हजार २ सय ४६ टन मल बिक्री भइसकेको पनि मन्त्रालयले जनाएको छ । यस्तै, १५ हजार टन युरिया आयात भइरहेको र केही दिनमै नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा हालसम्म २ लाख ५७ हजार टन रासायनिक मल खरिदको लागि टेन्डर आह्वान भएकोमा १ लाख १० हजार टन आयात भइसकेको मन्त्रालयको भनाइ छ । 


प्रतिक्रिया