टेलिकमको रिचार्ज कार्डबाट रिचार्ज बोनस डाटा पाइने

मंसिर १९, २०७९ | काठमाडौं

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टपअप) गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । 

ग्राहकले २ सय, ५ सय र १ हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराइने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । 

कम्पनीका अनुसार २ सयको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र ५ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ । 

त्यसैगरी १ हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ । 

यो अफर भोलि अर्थात मंगलबारबबाट आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीको छ ।


प्रतिक्रिया