विद्युत कटौतीपछि वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योग प्रभावित

माघ १५, २०७९ | पर्सा

विद्युत सेवा कटौती भएपछि वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योग सञ्चालनमा असर परेको छ ।

नेपाल विद्युत प्राधिकरणले पूर्व निर्धारित तालिका बिना पटक–पटक विद्युत कटौती गर्दा उद्योगहरु प्रभावित भएका हुन् ।

बिगतमा लोडसेडिङ्ग हुँदा त्यसको पूर्व जानकारी प्राधिकरणले गराउने भएपनि हाल कुनै जानकारी नदिई विद्युत कटौती गर्ने गरिएकाले समस्या भएको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताउनुभयो ।

राजपालका अनुसार दैनिक ४ देखि ८ घण्टा विद्युत कटौती भएको छ । फलामजन्य बस्तु उत्पादन गर्ने उद्योग र बोइलर मेशिन प्रयोग गर्ने उद्योगमा अचानक विद्युत कटौती हुदा बढी मर्का परी रहेको राजपालको भनाई छ । 


प्रतिक्रिया