३८ महिनापछि रसुवागढी नाका खुल्यो

चैत्र १८, २०७९

रसुवागढी नाका आजबाट पुर्ण रुपमा सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण ३८ महिनादेखि ठप्प रहेको सो नाका दुईतर्फी रूपमा संचालनमा आएसँगै यवसायी, व्यापारीलगायत सरोकारवाला उत्साहित बनेका छन् । चीनको ल्हासामा गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रले आयात–निर्यात खोल्ने सहमति गरेपछि रसुवागढी नाका दुईतर्फी रूपमा सञ्चालनमा आएको हो ।

रसुवागढी नाका निकासी पैठारी र मानिसको आवतजावतसहित पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको थियो । नाका संचालनमा आएसँगै सामान बोकेका कन्टेनरको आवतजावत सुरु भएको छ । आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुन सक्ने बताइएको छ । केरुङ जान नेपाल–चीन सीमा पास नवीकरण तथा नयाँ बनाउन बिहानदेखि नै अध्यागमन कार्यालय खुला रहेको अध्यागमन कार्यालय रसुवागढी रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । आंशिक रूपमा आयात–निर्यात भइरहे पनि ३८ महिनादेखि मानिसको आवतजावत भने ठप्प थियो । 


प्रतिक्रिया