चीनसँग जोडिने सडक आयोजनाको काम ५४ प्रतिशत सम्पन्न

वैशाख २६, २०८० | नुवाकोट

चीनसँग जोडिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक आयोजनाको ५४ दशमलव ६० प्रतिशत काम सम्पन्न भएको छ । सो सडक गल्छीदेखि चीनको नाका मितेरीपुलसम्मको दूरी ८२ किमी छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी एउटै सडक आयोजनालाई तीन खण्डमा विभाजन गरी कार्य भइरहेको आयोजनाका योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । 

पहिलो खण्ड सडक गल्छी–मैलुङ ४६ किमी, दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेसी १९ किमी र तेस्रो खण्ड स्याफ्रुबेसी–रसुवागढी १७ किमी दुरीमा विभाजन गरिएको छ । सो सडक आयोजनाको कुल लागत १५ अर्ब ५० करोड रुपैयाँ छ । त्यसमध्ये मुआब्जा, घरटहराको क्षतिपूर्तिमा ६ अर्ब र सडक निर्माणमा ९ अर्ब ५० करोड खर्च हुने आयोजनाले जनाएको छ । हालसम्म सडकतर्फ ५ अर्ब १५ करोड र जग्गा–घरटहराको मुआब्जामा ३ अर्ब २३ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । 


प्रतिक्रिया