बिना भन्सार सामान भित्रिन नदिन सिमानामा कडाइ गर्न माग

जेष्ठ २, २०८० | भैरहवा

भैरहवाका स्थानीय व्यवसायीले भारतबाट बिना भन्सार सामान भित्रिन नदिन माग गरेका छन् । सिमावर्ती भारतीय बजारमा सामान खरिद गर्न जाने नेपालीको भिड लाग्ने गरेको र नेपाली उपभोक्ताले घरायशी प्रयोजनका नाममा बिना भन्सार सामान भित्राउँदा स्वदेशी बजार धराशयी भएको भन्दै उनीहरुले कडाई गर्न माग गरेका हुन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा स्थानीय व्यवसायी ओमकार गौचनले भन्सार विभागले लागू गरेको संक्षिप्त प्रज्ञापन–पत्रको नियमलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले खुला सिमाना हुँदै बिना भन्सार भारतीय सामान नेपाल भित्रिएर व्यापारिक कारोवार हुने गर्दा स्वदेशी बजारलाई असर पारेको बताउनुभयो । 


प्रतिक्रिया