धानको बीउ राख्न नपाएर किसान चिन्तित

जेष्ठ २१, २०८० | नवलपुर

अत्याधिक गर्मी र खडेरीको कारण पुर्वी र पश्चिम नवलपरासीका किसानले धानको बीउ राख्न नपाएर चिन्तित बनेका छन् । असारको पहिलो वा द्रोस्रो साता रोपाईका लागि बीउ छर्ने ढिलो भएकाले किसान चिन्तित बनेका हुन् । सिँचाई सुविधा हुनेले राखेको बीउ चर्को गर्मीले पानी तातेर बीउ नउम्रने चिन्ता रहेको कावासोती १७ का किसान नारायण पौडेलले बताउनुभयो ।

पौडेलले सिँचाई सुविधा नभएर आफूले पनि धानको बीउ राख्न नसकेको सुनाउनुभयो । बीउ राख्ने समयमा खडेरी परेपछि धान रोप्न ढिलाई हुने र उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र कावासोतीका प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो । पुर्वी नवलपरासीमा १८ हजार हेक्टरमा धान खेती हुन्छ ।


प्रतिक्रिया