बबई नहरमा पानी सुक्यो, किसानलाई बीउ राख्न समस्या

असार २, २०८० | बर्रिया

रोपाइँका लागि धानको बीउ राख्ने तयारीमा रहेका बर्दियाका किसान सिंचाई अभावमा समस्यामा परेका छन् । धानको बीउ राख्ने समयमा बबई नहरमा पर्याप्त पानी नहुँदा बढैयाताल, गुलरिया र बासगढी नगरपालिका लगायत पालिकाका किसानहरु मर्कामा परेका हुन् ।

लामो समयदेखि वर्षा नहुँदा बबई, मान नदी तथा खोलामा पानी सुकेको छ । बबई नहर निर्माण प्रक्रियामा रहेकोले गुलरिया लगायत पालिकाका किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् । बारबर्दिया नगरपालिका–९ का वडा अध्यक्ष देबेन्द्र विष्टले लामो सयमदेखि पानी नपर्दा नहरमा पानी पर्याप्त नभएको बताउनुभयो ।

बबईको पानी पूर्वी र पश्चिम नहरमा किसानलाई बीउ राख्न पर्याप्त नभएपनि पालो–पालो पानी छाड्ने गरिएको आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले बताउनुभयो । उहाँका अनुसार भेरी, बबई डाइभर्सनको पानी नआएसम्म बारै महिना सिंचाई सुविधा हुने अवस्था छैन । 


प्रतिक्रिया