दार्चुलाका खाद्यन्न डिपो रित्तियो

असार २०, २०८० | दार्चुला

दार्चुलाको सदरमुकाम खलंगास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय बन्द हुने अवस्थामा पुगेको छ । शाखा कार्यालयको गोदाममा चामलको मौज्दात सकिएपछि कर्मचारीहरु कागजात मिलाउने काममा लागेका छन् । एक वर्ष अगाडिबाट पुनःसञ्चालनमा आएको कार्यालयको गोदाममा खाद्यान्नको मौज्दात शून्य भएपछि बन्द गर्नु परेको शाखाका निमित्त प्रमुख राम सागर मेहताले बताउनुभयो ।

गत वैशाखबाटै खाद्यान्नको मौज्दात सकिन लागेकाले समयमै ढुवानीका लागि धनगढीस्थित प्रादेशिक कार्यालयलाई मौखिक र लिखित रुपमा ताकेता गरेपनि सुनुवाई नभएको उहाँले बताउनुभयो । खाद्य कार्यालयमा मौज्दात सकिएकाले बर्खाका दुई महिना चामल अभाव हुने उहाँको भनाई छ । 


प्रतिक्रिया