सात महिनामा १५ करोडको डाइपर निर्यात

श्रावण १३, २०८० | भैरहवा

नवलपरासीस्गित ब्रजेश्वरी इन्डष्ट्रिज प्रा.ली.ले बिगत सात महिनादेखि बच्चाको डाइपर उत्पादन गरी भारतमा निर्यात गर्न थालेको छ । सो उद्योगले भारतको उत्तर प्रदेश, बिहार, पश्चिमबंगाल, महाराष्ट्र लगायत भारतको उत्तरपुर्वी क्षेत्रमा निर्यात गर्दै आएको हो ।

सात महिनामा करिब १५ करोड रुपैयाँको डाइपर भारतमा निर्यात गरिएको सो कम्पनीका अध्यक्ष एसपी ढकालले बताउनुभयो । निकट भविष्यमा अफ्रिकन र युरोपियन मुलकमा पनि निर्यातको तयारी भइरहेको उहाँको भनाई छ । करिब १ अर्ब रुपैयाँको लगानीमा बिगत दुई बर्षदेखि नवलपरासीको रामग्राममा उद्योग संचालनमा छ । उद्योगमा १ सय भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । 


प्रतिक्रिया