जंगली जनावरले गरे स्याउ खेती नष्ट

भाद्र ६, २०८० | दार्चुला

दार्चुलाको नौगाड गाउँपालिका–१ को नागु र मानाकोट आसपास क्षेत्रमा लगाइएको स्याउ बाली जंगली जनावरले नष्ट गरेको छ । पछिल्लो तीन/चार दिनयता मानाकोट, जात्रा भन्ने स्थानमा बँदेल र ओद जस्ता जंगली जनावरले स्याउ बाली नष्ट गर्न थालेको स्थानीय किसानले बताएका छन् । जंगली बँदेलले स्याउ खान थालेपछि किसानहरु चिन्तित भएका छन् ।

 केही वर्षदेखि व्यावसायिक रुपमा स्याउ उत्पादन थालिएको भएपनि अहिले जंगली जनावरले नष्ट गर्न थालेको नौगाड–१ मानाकोटका स्थानीय धनसिह डँडाले बताए । बँदेलले स्याउ नष्ट गरेपछि कृषि ज्ञान केन्द्र र पालिकाले क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ । दार्चुलाको अपि हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन दार्चुलाका अनुसार जिल्लाभरी साढे दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ ।


प्रतिक्रिया