नेपाल टेलिकमले एक वर्षमा कमायो ६ अर्ब रुपैयाँ बढी नाफा
पुस २९, २०८१ | काठमाडौं
आर्थिक वर्ष २०८०÷ ८१ मा नेपाल टेलिकमले ६ अर्ब रुपैयाँ बढी मुनाफा कमाएको छ ।
पछिल्लो आर्थिक वर्षमा टेलीकमले ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गर्दा ६ अर्ब २३ करोड मुनाफा आर्जन गरेको आज आयोजित १७ औं वार्षिक साधारण सभाका क्रममा जानकारी दिइएको हो । टेलिकमले यो वर्ष ४१ अर्ब ५९ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष एवंसञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले साधारण सभामा वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीले मुनाफाभन्दा सेवा भावलाई प्राथमिकता दिएको बताउनुभयो । कम्पनीले सूचना प्रविधिलाई थप गुणस्तरीय बनाउन काम गरिरहेको सचिव अर्यालले जानकारी दिनुभयो ।