युवालाई उद्यममा आकर्षित गर्न तीन दिने बुट क्याम्प

भाद्र २८, २०८० | रुपन्देही

युवा पलायनबाट रोक्न र उनीहरुलाई उद्यममा आकर्षित गर्न रुपन्देहीको तिलोत्तमा ‘बुट क्याम्प’ सुरु भएको छ । नेप्लिज योङ इन्टरप्रिनियर्स फोरम एन.वाई.इ.एफ रुपन्देही शाखाले आयोजना गरेको क्याम्प तीन दिनसम्म चल्नेछ ।

क्याम्पमा मुलुकभरबाट विद्यार्थी, विभिन्न उद्यम गरिरहेका युवा र नयाँ लगानीको सोच भएकाहरु क्याम्पमा सहभागी छन् । क्याम्पमा युवा उद्यमीको अनुभव साटासाट गरिनुका साथै मुलुकका विभिन्न व्यक्तिको अनुभव सुनाइने कार्यक्रम रहेको एन.वाई.इ.एफ रुपन्देही अध्यक्ष सन्देश श्रेष्ठले बताउनुभयो । सो क्रममा युवालाई उद्यम सम्बन्धी ज्ञानका साथै मुलुकमै स्वरोजगार कार्यक्रममा सहभागी हुन् उत्प्रेरणा प्रदान गरिने श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया