रुपन्देहीको कृषिका लागि ७ करोड बढी रकम छुट्याइयो

आश्विन १६, २०८० | तिलोत्तमा

रुपन्देहीको कृषि क्षेत्रको विकासका लागि कृषि ज्ञान केन्द्रले ७ करोड ३७ लाख रुपैयाँ बराबरको सार्वजनिक गरेको छ । केन्द्रले कृषि उत्पादन, खाद्य तथा पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, ब्लक विकास कार्यक्रम, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रमका लागि ७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

कृषि उत्पादन, खाद्य तथा पोषण कार्यक्रममा १९ वटा शीर्षक समावेश गरी ३ करोड ४० लाख ९७ हजार विनियोजन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्यालले बताउनुभयो ।

त्यस्तै, स्मार्ट कृषि गाउँ कार्यक्रममा ४७ लाख, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रममा ३८ लाख ७६ हजार, मकैको ब्लक विकास कार्यक्रममा १९ लाख रुपैयाँ छुट्टयाइएको छ । 


प्रतिक्रिया