गहुँ बालीका लागि युरिया मलको अभाव हुने संकेत

मंसिर १३, २०८० | काठमाडौं

कृषि सामग्री कम्पनीको युरिया र डीएपी मल आपूर्ती गर्ने ठेक्का पाएका भारतीय कम्पनी आइपिएल र स्विस सिंगापुर कम्पनीले मल ल्याउन ढिलाई गरेपछि यस बर्ष गहुँ बाली सिजनमा मलको अभाव हुने देखिएको छ ।

 कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार, भारतीय सरकारी स्वामित्वको कम्पनी इन्डियन पोटास लिमिटेड आइपिएलले ग्लोबल टेण्डरबाट गहुँ बाली सिजनलाई लक्षित गरी ८५ हजार मेट्रिक टन युरिया र डीएपी मल आपूर्तीको ठेक्का पाएको छ । 

स्वीस सिंगापुर कम्पनीले ६० हजार मेट्रिक टन युरिया मल आपूर्तीको ठेक्का पाएको छ । तर दुवै कम्पनीले ठेक्का अनुसार अझै मल भित्र्याउन सकेका छैनन् । 


प्रतिक्रिया