मंसिर महिना सम्म ३ खर्ब ९ अर्ब राजस्व संकलन

मंसिर १७, २०८० | काठमाडौं

चालु आर्थिक वर्ष २०८०÷ ८१ को पाँचौ महिनाको हाल सम्म ३ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले यस वर्षको बजेटमा १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य लिएकोमा ४ महिना १६ दिनको अवधिमा २१ दशमलव ७८ प्रतिशत राजस्व संकलन भएको हो । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा चाप परेपछि केन्द्रिय बैंकले बिलासिताका सामानको आयतमा लगाएको बन्देजका कारण राजस्व संकलनमा कमी आएको हो ।

त्यस्तै चालु वर्षको मंसिर महिनाको हाल सम्म ३ खर्ब २९ अर्ब २१ करोड रुपैयाँ बराबर खर्च भएको छ । बजेट मार्फत १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य लिएको सरकारले चालु वर्षको पाँचौ महिना सम्म आईपुग्दा २२ दशमलव ३६ प्रतिशत मात्र खर्च भएको तथ्यांक छ । मंसिर महिना सम्म ३ खर्ब ८ अर्ब १२ करोड रुपैयाँ बराबर चालु खर्च भएको छ । बजेट मार्पmत यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको चालु खर्चको लक्ष्य लिएको सरकारले अहिले सम्म २६ दशमलव ९९ प्रतिशत मात्र खर्च भएको छ ।

पाँचौ महिना १६ को हाल सम्म ३१ अर्ब ८१ करोड रुपैयाँ बराबरको पुँजीगत खर्च भएको तथ्यांक छ । यस वर्ष सरकारले ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य भएपनि अहिले सम्म १० दशमलव ५३ प्रतिशत मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । त्यस्तै सरकारले चालु आर्थिक वर्ष २०८० ÷८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । 


प्रतिक्रिया