विद्युत प्राधिकरणले भैरहवाको २१ उद्योगको लाइन काटेपछि व्यवसायी विरोधमा

पुस २२, २०८० | भैरहवा

नेपाल विद्युत प्राधिकरणले रुपन्देहीको भैरहवास्थित २१ वटा उद्योगको विद्युत लाईन काटेको भन्दै उद्योगी–व्यवसायी विरोधमा उत्रिएका छन् ।

पछिल्लो केही महिना यता प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाईनको विद्युत महशुल उठाउन विजुलीको लाईन काट्न सुरु गरेपछि उद्योगी व्यवसायीले आजबाट संयुक्तरुपमा विरोध गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्दि«य सदस्य राजेश कुमार अग्रवालले प्राधिकरण र व्यवसायीबीच उत्पन्न विवाद समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताउनुभयो ।

विद्युत महशुल भुक्तानीका लागि पटक पटक ताकेता गरेपनि उद्योगी तथा व्यवसायीले बेवास्ता गरेपछि विद्युत वितरण विनियमावली अनुसार विद्युत लाइन काटिएको प्राधिकरणले जनाएको छ । 


प्रतिक्रिया