दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/money/krishiambulence-1707142563.jpg&w=700&height=600)
माघ २२, २०८० | खोटाङ
खोटाङमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ ।
किसानको कृषिजन्य उत्पादन बजारसम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । कृषिजन्य उत्पादनलाई बजारसम्म पु¥याएर किसानको जीवनस्तरलाई सुधार गर्न कृषि एम्बुलेन्स सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
साधन र बजार अभावका कारण किसानको उत्पादन खेर जान नदिन कृषि एम्बुलेन्स सुरु गरिएको नगरपालिकाका उपप्रमुख विसन राईले बताउनुभयो । राईका अनुसार उपप्रमुखसँग किसान कार्यक्रम अन्तर्गत सो काम सुरु गरिएको हो ।
किसानले उत्पादन गरेको कृषिजन्य वस्तुहरू नगरले नै जिम्मा लिएर बजारसम्म पु¥याउन सुरु गरिएको छ । कृषि एम्बुलेन्स नगरका १५ वटै वडामा निःशुल्क रुपमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।