भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन हुने

फाल्गुन २, २०८०

उद्यमशिलतामा महिला सहभागिता बढाइ महिला उद्यमीको सशक्तिकरणका लागि भैरहवामा आगामी शुक्रबारदेखि दुई दिने राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा आयोजना हुने सो सम्मेलनमा झन्डै ३ सय जना महिला उद्यमी र व्यवसायीकोे सहभागिता रहने आयोजकले जनाएको छ । 

महासंघको महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठले समितिले पहिलो पटक सम्मेलन आयोजना गरेको र आगामी बर्षमा प्रत्येक बर्ष सातवटै प्रदेशमा संचालन गरिने बताउनुभयो । घरायसी कामकाजमैं सिमीत हुने गरेका महिलालाई उद्यमी बन्ने अवसर प्रशस्त हुंदा पनि उद्यमीको रुपमा अगाडि बढ्न नसकेको उहाँंको भनाई छ । सम्मेलनमा सहभागी महिला उद्यमीको सञ्जाल समेत बनाइएने भएको छ । 


प्रतिक्रिया