पेट्रोलियम पदार्थको मूल्य घट्यो, आजबाट लागू

चैत्र ३, २०८० | काठमाडौं

नेपाल आयल निगमले आजबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले हिजो पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 

निगमद्वारा जारी विज्ञप्तिमा साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाईएको छ । 

मूल्य घटेसँगै काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ७१ र डिजेल तथा मट्टितेल प्रतिलिटर १ सय ५८ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ७० रुपैयाँ, डिजेल १ सय ५७ रुपैयाँ तोकिएको छ । 

यस्तै, चारआली, विराटनगर, जनकपुर अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ६८ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ सय ५५ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ । 

पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरको दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ ।


प्रतिक्रिया