८ महिनामा ७ हजार ३ सय पर्यटक रारामा

रारा भ्रमणमा आएका आन्तरिक पर्यटक तालमा डुङ्गा चढन तयारी गर्दै  तस्वीरः राजबहादुर शाह, रेडियो कान्तिपुर कान्तिपुर

चैत्र ७, २०८० | मुगु

मुगुस्थित रारा राष्ट्रिय निकुञ्जमा पछिल्लो ८ महिनामा ७ हजार ३ सय पयर्टकले भ्रमण गरेका छन् ।

राष्ट्रिय निकुञ्जका अनुसार गत साउनदेखि फागुन समान्तसम्ममा सो सङ्ख्यामा नेपाल सहित विभिन्न देशका पर्यटकले भ्रमण गरेका हुन् । राष्ट्रिय निकुञ्जमा विशेषगरि रारा ताल अवलोकन गर्नेको सङ्ख्या बढी छ ।

मुलुककै प्रमुख पर्यटकीय गन्त्वय बनेको सो क्षेत्रमा सार्क राष्ट्रका ३३ जना तथा सार्क राष्ट्र बाहेकका १ सय ४५ जनाले भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी जयहरि धितालले जनाकारी दिनुभयो । रारा क्षेत्रको भ्रमण गर्ने बढेसँगै राजश्व सङ्कलनमा बृद्धि भएको छ ।


रारा मुर्माकोट बाट देखिने पर्यटकय गन्त्ब्य रारा  तस्बीरः राजबहादुर शाही, रेडियो कान्तिपुर

यो अवधिमा निकुञ्ज कार्यालयले २२ लाख ८० हजार ३ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । निकुञ्ज सँगै रारा ताल अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढेपनि पूर्वाधार निर्माणको क्षेत्रमा प्रभावकारी काम हुन नसक्दा पर्याप्त मात्रामा विदेशी पर्यटक आउन नसकेको स्थानीय व्यवसायीको भनाइ छ । 


प्रतिक्रिया