सांसदको सुझावलाई आधार मानेर नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

चैत्र ७, २०८० | काठमाडौं

अर्थमन्त्री वर्षमान पुनले सांसदहरूको सुझावलाई आधार मानेर नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

विनियोजन विधेयक सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले संसदमा उठेका विषय बजेट निर्माणका क्रममा समेट्ने बताउनुभयो ।

अर्थमन्त्री पुनले लगानी अनुसारका प्रतिफल प्राप्त नहुने कार्यक्रम तथा योजनालाई खारेज वा पुनर्संरचना गरी नयाँ मोडलका कार्यक्रम ल्याउने समेत उल्लेख गर्नुभयो । उहाँले युवाहरुमा देखिएको निराशालाई आशामा बदल्ने प्रतिबद्धता जनाउनुभयो ।

सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीको रुपमा रहेको राजश्व र खर्चमा बढी रहेको अन्तरलाई कम गर्न राजश्वमा सुधार गर्ने लगायत व्यवस्था गरिने अर्थमन्त्री पूनको भनाइ छ ।  


प्रतिक्रिया