सन् २०२४ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण

चैत्र २९, २०८० | काठमाडौं

एसियाली विकास बैंक एडीबीले सन् २०२४ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

केहीदिन अघि विश्व बैंकले यसवर्ष ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

एडीबीले जारी गरेको प्रतिवेदनमा सन् २०२३ तथ्याङ्क अनुसार १ दशमलव ९ प्रतिशतले नेपाली अर्थतन्त्र क्रमिक रुपमा सुधारको बाटोमा अघि बढेको उल्लेख छ ।

मौद्रिक नीतिमा गरिएको परिवर्तन तथा पुँजीगत खर्च बढाउन लिइएकोे नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र सुधारतर्फ अघि बढेको एडीबीले जनाएको छ । त्यस्तै नेपालको औसत मुद्रास्फीति यो बर्ष ६ दशमलव ५ प्रतिशतमा पुग्ने बैंकको भनाइ छ ।   


प्रतिक्रिया