सुनको मुल्यमा वृद्धि

आश्विन ४, २०८१ | काठमाडौं

नेपाली बजारमा सुन प्रतितोला १५ सयले बढेर आज १ लाख ५७ हजार १ सय मा कारोबार भइरहेको छ ।

अघिल्लो दिन हिजो प्रतितोला एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन प्रतितोला १५ सयले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार एकसाताको अवधिमा सुन प्रतितोलामा ८ सयले बढेको छ । 

गत भदौ २८ गते प्रतितोला १ लाख ५६ हजार ३ सयमा कारोबार भएको सुन थपघट हुँदै आएको हो ।

यस्तै चाँदी प्रतितोला आज १ हजार एक सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिनको तुलनामा चाँदीमा प्रतितोला ३५ रुपैयाँले बढेर कारोबार भइरहेको महासंघले जनाएको छ । 


प्रतिक्रिया