नेपालमा रेबिज रोगका कारण बर्सेनि २० को मृत्यु

आश्विन १२, २०८१ | काठमाडौं

नेपालमा बर्सेनि २० जनाको रेबिज रोगका कारण मृत्यु हुने गरेको छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा.शेर बहादुर पुनले अस्पतालमा उपचारमा आउनेको मात्र तथ्यांक रहेकाले मृत्यु हुनेको वास्तविक संख्या अझै धेरै हुन सक्ने बताउनुभयो । 

रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ । सो भाइरसबाट संक्रमित जनावरको र्‍याल संसर्गमा आए वा त्यस्ता जनावरले टोकेमा रेबिज रोग लाग्ने विज्ञको भनाई छ । 

रेबिजलाई प्राणघातक रोगका रुपमा लिइएपनि सर्वसाधारणले यो रोगलाई बेवास्ता गर्ने गरेकाले धेरैको मृत्यु हुने गरेको डा.पुनले बताउनुभयो । 

रेबिज लागेको जनावरले टोकेको थाहा पाउना साथ नजिकको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने पनि चिकित्सकले आग्रह गरेका छन् । नेपालमा पनि आज रेबिज ब्रेकिङ, रेबिज बाउन्ड्रीज भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय रेबिज दिवस मनाइदैंछ । 


प्रतिक्रिया