कतार एयरवेजद्धारा भैरहवाबाट उडान सुरु

कार्तिक २७, २०८१ | भैरहवा

कतार एयरवेजको वाइडबडी विमानले मंगलबारबाट दोहा–भैरहवा उडान सुरु गरेको छ । पहिलोपटक आज दिउँसो कतार एयरवेजको विमान भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नागरिक उड्ययन प्राधिकरणको अनुमतिपछि कतार एयरवेज भैरहवाबाट दैनिक उडान भर्न लागेको हो । मंगलबार २ बजेर ४५ मिनेटमा कतार एयरवेजको जहाज भैरहवामा अवतरण गरेको थियो ।

कतार एयरवेजले सातामा भैरहवाबाट सातैवटा उडान गर्ने प्राधिकरणले जनाएको छ । यसअघि सो वायुसेवाले कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ । मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार कतार एयरवेजको जहाज प्रत्येक दिन २ बजेर ४५ मिनेटमा दोहाबाट भैरहवामा अवतरण गर्नेछ । भैरहवाबाट यात्रु लिएर ४ बजेर ४५ मिनेटमा काठमाण्डौं प्रस्थान गर्नेछ । विमानस्थलका अनुसार पहिलो चरणमा कतारले यहा“बाट मंसिर १५ गतेसम्म उडान गर्नेछ । कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ ।

यसअघि दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयरवेजले भैरहवाबाट उडान थालिसकेका छन् । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिवार भैरहवा–कुवेत उडान गरिरहेको छ ।

फ्लाई दुवईले दैनिक उडान गरिरहेको छ । नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुवईको जहाज भैरहवा अवतरण गर्नेछ । भने पौने ३ बजे भैरहवाबाट उडान भर्नेछ । नेपाल एयरलायन्सले शनिवार सा“झबाट काठमाण्डौं–भैरहवा–दुवई उडान सुरु गरिरहेको छ । नेपाल एयरलायन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । थाई एयर एसिया प्रत्येक साताको सोमबार र बिहीबार उडान गर्ने तय भएको छ । 


प्रतिक्रिया