मधेशका चार जिल्लामा एक दशकमा ८५ प्रतिशत प्रगति

जेष्ठ १३, २०८२

मधेश प्रदेशका ४ जिल्लामा एक दशकमा हुलाकी सडक निर्माणको प्रगति ८५ प्रतिशत पुगेको छ । रौतहट र चितवन जिल्लामा बाँकी रहेको निर्माण कार्यले पुर्णता पाउन नसक्दा हुलाकी सडकको काम शत प्रतिशत सम्पन्न हुन नसकेको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका इन्जिनियर धर्मेन्द्र कुमार दासका अनुसार, २०७० साल देखि हुलाकी सडकको काम सुरु गरिएको थियो । 

हुलाकी सडक अन्तर्गत चितवनमा ठोरी–माडी १५ किलो मिटर सडक खण्डको काम सुरु हुन सकेको छैन । चितवनकै माडीमै निर्माणाधिन हुलाकी सडकको ७ किलोमिटर सडक खण्डको ५० प्रतिशत प्रगति भएको छ । यता, हुलाकी सडक अन्तर्गतकै रौतहटको बागमति खोलामा पुल निर्माण भई नसकेको इन्जिनियर दासको भनाइ छ । 


प्रतिक्रिया