सामसङ नेपालले लन्च गर्यो ग्यालेक्सी एस२५ सिरिज
माघ २१, २०८१
सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५+ र ग्यालेक्सी एस २५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ । सामसङले आफ्नो अहिले सम्म कै सबभन्दा न्याचुरल र सन्दर्भ–सचेत मोबाइल अनुभवहरू दिने एक त्रु एआई कम्प्यानीयन भएको यी स्मार्टफोनहरू प्रस्तुत गरेको छ ।
ग्यालेक्सी एस२५ सिरिजः सबैभन्दा शक्तिशाली ग्यालेक्सी
ग्यालेक्सी एस२५ सिरिजमा ग्यालेक्सीको लागि बनिएको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ, जुन ग्यालेक्सी एस सिरिजकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रोसेसर हो । यसले अघिल्लो पुस्ताको तुलनामा एनपियुमा ४० प्रतिशत सीपियु मा ३७ प्रतिशत र जीपियुमा ३० प्रतिशत प्रदर्शन सुधार प्रदान गर्छ ।
प्रोस्केलरले दृश्यहरूको स्पष्टतामा ४० प्रतिशतले सुधार गर्न सहयोग गर्छ । यसमा सामसङको मोबाइल डिजिटल न्याचुरल इमेज इन्जिन (एमडीएनआईई) समावेश गरिएको छ, जसले प्रदर्शन पावर दक्षता थप बलियो बनाउँछ । भुल्कन इन्जिन र अपग्रेड गरिएको रे ट्रेसिङले मोबाइल गेमिङलाई झन् स्मूथ र जीवन्त बनाउँछ ।
ताप व्यवस्थापन संरचनामा सुधार ल्याउन ४० प्रतिशत ठुलो भेपर चेम्बर र विशेष रूपमा डिजाइन गरिएको थर्मल इन्टरफेस् मतेरिएल(टिआईएम) प्रयोग गरिएको छ, जसले अत्यधिक प्रयोग र एआई प्रोसेसिङलाई सहज बनाउने कम्पनीको दाबी छ ।
प्रि–अर्डर अफरहरू
ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर अफर १७ माघदेखि सुरु भइसकेको छ । फाल्गुन १ सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२÷२५६जीबी बाट १२÷५१२जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स३ प्रो, जसको मूल्य रु ३१,९९९ रहेको छ, मात्र रु १४,९९९ मा प्राप्त गर्न सक्नेछन् र साथै, रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन् ।
ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले रु ३१,९९९ मूल्य रहेको ग्यालेक्सी बड्स३ प्रो रु १४,९९९मा र रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन् ।