सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग

जेष्ठ २५, २०८२

सुनचाँदी व्यवसायीले सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका छन् । सुनचाँदीमा सरकारले लगाएको करका विरुद्ध ध्यानाकर्षण गराउने भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाइमा व्यवसायी विरोधमा उत्रिएका हुन् । 

उनीहरूले आज न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म ¥याली निकालेका थिए । कानुनले सुनलाई नगदसरहको सम्पत्तिको मान्यता दिएकाले सुनमा लगाइएको २ प्रतिशत विलासी शुल्क खारेज हुनुपर्ने संघर्ष समितिको माग छ । सरकारले अगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको थियो ।


प्रतिक्रिया