उखुको अनुदान सुनिश्चित गर्न माग

जेष्ठ २५, २०८२

सरकारले आगामी आर्थिक वर्षको बजेटमा उखु किसानका लागि अनुदान रकम विनियोजन नगरेको भन्दै नवलपरासी पश्चिमका किसान र प्रतापपुर गाउँपालिकाले तत्कालै बजेटको सुनिश्चित गर्न माग गरेका छन् । किसान अनुदानको पखाईमा रहेको समयमा आएको बजेटले अनुदानलाई सम्बोधन नगरेको उनीहरुको भनाइ छ । 

प्रतापपुर गाउँपालिका अध्यक्ष एवं उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले किसानले पाउने अनुदान रकम अविलम्ब व्यवस्था हुनुपर्ने बताउनुभयो । बर्सेनी घट्दै गएको उखु खेतीमा सरकारले प्रोत्साहन गर्नुपर्नेमा उल्टै निराश बनाउने काम गरेको गुनासो किसानले गरेका छन् । 


प्रतिक्रिया