मस्कलाई राष्ट्रपति ट्रम्पको चेतावनी

जेष्ठ २५, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कले रिपब्लिकन पार्टीको बजेट कानूनलाई समर्थन गर्नेविरुद्ध डेमोक्रेटिक उम्मेदवारलाई आर्थिक सहयोग गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले एनबीसी न्यूजलाई अन्तर्वार्ता दिँदै त्यस्तो बताउनुभएको हो ।
तर राष्ट्रपति ट्रम्पले गम्भीर परिणाम के हुने भनेर बताउनुभएको छैन । पछिल्ला केही दिनदेखि राष्ट्रपति ट्रम्प र धनाढ्य मस्कबीचको सम्बन्ध चिसिँदै गएको छ । अर्बपति मस्कले आफ्नो बारेमा सार्वजनिक रुपमै टिप्पणी गरेपछि राष्ट्रपति ट्रम्पले पनि त्यसको जवाफ दिन थाल्नुभएको हो । राष्ट्रपति ट्रम्पले मस्कसँगको सम्बन्ध सुधार गर्न कुनै इच्छा नभएको समेत उल्लेख गर्नुभएको छ ।