भरतपुरमा अन्तराष्ट्रिय डेरी प्रदर्शनी सुरु

माघ २५, २०८२ | चितवन

चितवनको भरतपुरमा अन्तराष्ट्रिय डेरी प्रदर्शनी सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु विकास सचिव डा.दिपक खरालले प्रदर्शनीको उद्घाटन गनुएभयो । 

माघ २९ गतेसम्म चल्ने प्रदर्शनी चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र चितवन उद्योग संघले संयुक्त रुपमा आयोजना गरेका हुन् । 

प्रदर्शनीमा दुध उत्पादन र डेरी उद्योगसँग सम्बन्धित विभिन्न वस्तु, औजार, उपकरण र प्रविधि राखिएका छन् । गत वर्ष राष्ट्रिय स्तरको प्रदर्शनी गरिएकोमा यसपटक भारतका कम्पनीलाई सहभागी गराएर प्रदर्शनी आयोजना गरिएको चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिनुभयो । 


प्रतिक्रिया