स्पेनमा आज एकै दिन ५ सय ५२ जनाको मृत्यु

चैत्र १५, २०७६

– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट स्पेनमा आज एकै दिन ५ सय ५२ जनाले ज्यान गुमाएका छन् । योसंगै स्पेनमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ५ हजार ६ सय ९० पुगेको छ । ६ हजार ५ सय २९ जना नयाँ संक्रमित फेला परेका छन् । 

इरानमा पनि कोरोना भाइरस संक्रमणका कारण आज एकै दिन एक सय ३९ जनाको मृत्यु भएको छ । जर्मनीमा ४८, चीनमा ३, अमेरिकामा ८, बेल्जियममा ६४, स्वीट्जरल्याण्डमा १०, अष्ट्रियामा १० , दक्षिण कोरियामा ५ जनाको मृत्यु भएको छ । यस्तै इण्डोनेसियामा १५, फिलिपिन्समा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 विश्वभर कोभिड १९ बाट ६ लाख १४ हजार १ सय ५८ जना संक्रमित भइसकेका छन् । कोरोना संक्रमणकै कारण २८ हजार २ सय ३९ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट संक्रमित एक लाख ३७ हजार २ सय ७१ जना निको भएर घर फर्किएका छन् । 


प्रतिक्रिया