अष्ट्रेलियामा नेपाली बिद्यार्थीका लागि २ लाख डलरको सहायता कोष

वैशाख १, २०७७

बिद्यार्थी तथा अध्यागमनको क्षेत्रमा काम गरिरहेको एक्सपर्ट फाउण्डेसनले अस्ट्रेलियामा रहेका र कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली बिद्यार्थीका लागि २ लाख डलर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।

फाउण्डेसनले एक बिज्ञप्ति जारी गर्दै सामाजिक उत्तरदायित्व अन्तगरत कोरोना भाइरसका कारण अत्यन्तै समस्यामा रहेका नेपाली बिद्यार्थीलाई प्राथमिकताका आधारमा सहयोग गरिने जनाएको छ । बिज्ञप्तिमा १ लाख ५० हजार डलर एक्सपर्ट मार्फत उच्चशिक्षाका लागि पछिल्लो ६ महिनामा अस्ट्रेलिया अध्ययन गर्न आएका बिद्यार्थीलाई प्रत्यक्ष सहयोग पुर्‍याइने उल्लेख छ । थप ५० हजार डलर अन्य संस्थाहरु मार्फत समस्यामा परेका बिद्यार्थीलाई सहयोग दिईने जानकारी दिदै संस्थाका निर्देशक रुपक बर्ताैलाले रोजगारी नै नपाएका र कोरोना भाइरसका कारण रोजगारी गुमाएकालाई प्राथमिकताका साथ सहयोग पुरयाइनेछ ।

अस्ट्रेलियामा अध्ययनरत करिब ५४ हजार नेपालीमध्ये हजारौं संक्रमणका कारण रोजगारी गुमेपछि समस्यामा छन् ।

उनीहरुलाई सहयोग पुरयाउनका लागि एनआरएन लगायतका अन्य संस्थाले खाना लगायतका अत्यावश्यक सहयोग पुरयाइरहेको भएपनि उक्त सहयोग अपर्याप्त भएको गुनासो बिद्यार्थीले गरिरहेका छन् । फाउण्डेसनले शुरु गरेको सहयोगको अन्य नेपाली ब्यवसायले समेत गर्ने दुतावास, एनआरएन लगायतले विश्वास जनाएका छन् । ‘बिद्यार्थीलाई नै आफ्नो ब्यवसाय बनाइरहेका दर्जनौ नेपालीले यसरी प्रत्यक्ष सहयोग गर्ने हो भने यहाँ समस्यामा रहेका नेपाली बिद्यार्थीको धेरै समस्या हल हुनसक्छ ।’ एनआरएन अस्ट्रेलियाका उपादक्ष्य नबिन पन्तको भनाई छ । उनले एक्सपर्टले गरेको सहयोगले समस्यामा रहेका कम्तिमा १ हजार नेपाली बिद्यार्थी प्रत्यक्ष लाभान्वित हुने दाबी समेत गरे । उनले अहिले केही नेपाली बिद्यार्थीमा दैनिक खानेबस्नेकै समस्या भइरहेको जानकारी दिदै यसको समाधानका लागि पहल गर्न आवश्यक भइसकेको बताए । 


प्रतिक्रिया