अफ्गानिस्तान : राष्ट्रपति कार्यालयका ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी

वैशाख ८, २०७७

अफ्गानिस्तानको राष्ट्रपति कार्यालयका ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कार्यालयको ठुलो संख्यामा कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएपनि सरकारी तवरबाट सार्वजनिक नभईसकेको बीबीसीले जनाएको छ । राष्ट्रपति अस्रफ घानी समेत संक्रमित रहे वा नरहेको बारे भने खुलाइएको छैन् । 

अफ्नानिस्तानमा हालसम्म ९ सय ३३ जना संक्रमित पुग्दा ३३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ स्वास्थ्य सेवा पर्याप्त मात्रामा नहुँदा धेरै जनामा परिक्षण नगरिएकाले पनि संक्रमित न्युन भएको हुन सक्ने बीबीसीले जनाएको छ । छिमेकी मुलुक इरानबाट स्वदेश फर्केका १ लाख ५० बढी अफ्गानीका कारण भाइरस संक्रमण फैलिएको आशंका गरिएको छ । 


प्रतिक्रिया