चीनले अमेरिकन उच्च तहका रिपब्लिकनमाथि प्रतिबन्ध लगाउने

असार २९, २०७७

– चीनले अमेरिकी शीर्ष रिपब्लिकनमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । चिनचियाङ प्रान्तमा मुस्लिम अल्पसंख्यकमाथि कथित मानव अधिकार हनन् गरेको भन्दै अमेरिकाले चीनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएपछि चीनले पनि यस्तो कदम चालेको बीबीसीले उल्लेख गरेको छ । प्रतिबन्धमा पर्ने मध्ये चीनका लागि मुख्य आलोचकका रुपमा चिनिने टेक्सासका सिनेटर टेड क्रुज र फ्लोरिडाका प्रतिनिधि मार्को रुबियो रहेका छन् । 

प्रतिबन्धको प्रकृति भने स्पष्ट भइसकेको छैन । चिनचियाङ प्रान्तमा लाखौंको संख्यामा रहेका उइगुर मुस्लिममाथि दुव्र्यबहार गरेको चीनमाथि आरोप लाग्दै आएको छ । चीनले भने सो आरोपको खण्डन गर्दै आएको छ । यस्तै प्रतिबन्धमा पर्नेहरुमा रिपब्लिकन कंग्रेसका क्रिस स्मिथ, अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सेम ब्राउनब्याकका राजदुत एट लार्ज र एक सरकारी एजेन्सी रहेको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया