फ्रान्सद्वारा आफ्ना नागरिकलाई क्याटलोनियाको भ्रमण नगर्न आग्रह

तस्बिर : रोयटर्स 

श्रावण ९, २०७७ | काठमाडौं

फ्रान्सले आफ्ना नागरिकलाई स्पेनी विवादित क्षेत्र क्याटलोनियाको भ्रमण नगर्न आग्रह गरेको छ । कोभिड–१९ को उच्च जोखिम रहेको भन्दै उसले सो आग्रह गरेको हो । यस्तै नर्वेले पनि स्पेनबाट आफ्नो मुलुक आउनेले १० दिनको अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको छ । यस्तै यूरोपेली अन्य मुलुकबाट आएकालाई समेत सेल्फ क्वारेन्टिनमा बस्न भनिएको छ ।

 यस्तै जर्मनीले कोरोना प्रभावित मुलुकबाट आउने नागरिकका लागि अनिवार्य पीसीआर परिक्षण गरिरहेको जनाएको छ । विमानस्थलमै उनीहरुको परिक्षण भइरहेको उसले जनाएको छ । कोरोना भाइरसको संक्रमण केही मत्थर भएपछि लकडाउन खुला गरेका यी मुलुकले सुरक्षा मापदण्ड अपनाउँदै केही प्रतिबन्ध समेत हटाउँदै गएको अलजजिराले उल्लेख गरेको छ ।  


प्रतिक्रिया