सेनिटाइजर पिउदा भारतमा १० जनाको मृत्यु

श्रावण १७, २०७७ | एजेन्सी

भारतमा सेनिटाइजरलाई मादक पदार्थका रुपमा पिउदा १० जनाको मृत्यु भएको छ । मदिरा पसल बन्द भएकाले अल्कोहलयुतm सेनिटाइजरलाई मादक पदार्थका रुपमा सेवन गरिएको हो ।

आन्ध्र प्रदेशको कुरीछेडु गाउँमा सेनिटाइजरमा अन्य हल्का पेय पदार्थ र पानी मिसाइ सेवन गरिएको पाइएको छ । अम्मलीहरुले विगत १० दिन देखी मादक पदार्थका रुपमा सेनिटाइजर पिएको पाइएको आन्द्र प्रदेश प्रहरीले उल्लेख गरेको छ । 

आन्द्र प्रदेशमा कोरोना भाइरसका संक्रमणमा आएको वृद्धिका कारण अन्य प्रदेश भन्दा मापदण्ड कडा पारिएको छ । भारतमा १६ लाख ३८ हजारमा सक्रमण पुष्टि भएको छ । त्यहाँ ३५ हजार ७ सय ४५ जनाले कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

यसैबीचमा भारतकै पन्जाबमा नक्कली मदिरा सेवनबाट ३८ जनाले ज्यान गुमाएका छन् । पन्जाबको बटाला, अमृतसर र तरनतारण जिल्लामा सो घटना भएको बीबीसीले उल्लेख गरेको छ । पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिहँले घटनाको न्यायीक जाँच हुने बताउनुभएको छ । 


प्रतिक्रिया