अस्ट्रेलियामा कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण स्थगित

युनिभर्सिटी अफ क्विन्सल्याण्ड र सीएसएलले निर्माण गरिरहेको भ्याक्सिनको प्रथम चरणको परीक्षण गरिंदै । तस्बिर : युनिभर्सिटी अफ क्विन्सल्याण्ड 

मंसिर २७, २०७७ | अस्ट्रेलिया

अस्ट्रेलियामा सुरु गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण रोकिएको छ । परीक्षणको चरणमै रहेको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी र बायोनटेक कम्पनी सीएसएलले संयुक्त रुपमा निर्माण गरिरहेको भ्याक्सिनले नकारात्मक नतिजा दिएपछि परीक्षणलाई रोकिएको हो । 

लगातार परीक्षणका क्रममा रहेको सो भ्याक्सिनले एचआइभी पोजेटिभको गलत नतिजा दिएपछि भ्याक्सिनको उत्पादन तथा परीक्षण रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । नतिजा गलत दिएपनि एचआइभीको कुनैपनि खतरा नरहेको जनाएको छ । 

अस्ट्रेलियाले कोरोना भाइरस नियन्त्रणका लागि निर्माण गरिरहेको यो पहिलो भ्याक्सिन थियो । तर, परीक्षणका क्रममा यसले गलत नतिजा दिएपछि दोस्रो तथा तेस्रो परीक्षण रोक्ने निर्णय गरिएको हो । प्रधानमन्त्री स्कट मरिसन र स्वास्थ्य मन्त्री ग्रेग हन्टले भ्याक्सिनको परीक्षण कार्य रोकिएको पुष्टि गरेका छन् । 

भ्याक्सिन निर्माण गरिरहेको कम्पनीले अस्ट्रेलियाको स्टक एक्सचेन्जमा निर्माणाधिन भ्याक्सिनले एचआइभी सम्बन्धी गलत नतिजा दिएकाले परीक्षण रोक्नु परेको जनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अस्ट्रेलियालको सरकारले युनिभर्सिटी अफ क्विन्सल्याण्ड र सीएसएलले निर्माण गरिरहेको सो भ्याक्सिन सफल भएको खण्डमा ५ करोड बढी डोज खरिद गर्ने सम्झौता गरेको थियो । 

सो भ्याक्सिनको परीक्षण कार्य रोकिएपछि कम्पनीले २ करोड अस्ट्राजेनेकका तथा अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरिरहेको भ्याक्सिन निर्माण गर्ने अलजजिराले जनाएको छ । सरकारले यस कम्पनीबाट खरिद गर्ने भनेको भ्याक्सिन निर्माणमा निरन्तरता नभएपछि अन्य विभिन्न कम्पनीले निर्माण गरेको भ्याक्सिन मार्फत स्थानीय माग पूर्ति गर्ने भएको छ । प्रधानमन्त्री स्कट मरिसनले समग्र अस्ट्रेलियाली नागरिकले आफूले सोचेभन्दा अघि नै यस भाइरस विरुद्धको भ्याक्सिन उपलब्ध हुने बताउनुभयो ।

भ्याक्सिन परीक्षण रोकिएपछि सरकारले सो कम्पनीले निर्माण गर्ने भ्याक्सिन खरिद गर्ने सम्झौतालाई समेत खारेज गरेको छ । अस्ट्राजेनेका तथा नोभा–भाक्सबाट थप खोप खरिद गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री हन्टले अस्ट्रेलियाले १४ करोड भ्याक्सिन डोज खरिद गर्ने निर्णय गरिसकेकाले सो खोप सबै अस्ट्रेलियाली नागरिकलाई पर्याप्त हुने बताउनुभयो । 

अस्ट्रेलियाको जनसंख्या २५ करोड रहेको छ भने अस्ट्रेलियाले ल्याउने भनिएको १४ करोड डोज विश्वमै आफ्नो जनसंख्याका आधारमा कुनैपनि देशले सुरक्षित गरेको धेरै डोज भएको बताएको छ । अस्ट्रेलियाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन सबैले पाउनुपर्ने भनेर लबिङ गर्दै आएको छ । आफूले मात्र नभएर अन्य देशले समेत भ्याक्सिन पाउनुपर्ने र आफूले सक्दो सहयोग गर्ने सरकारले यस पहिल्यै बताईसकेको छ । 

पहिलो चरणको परीक्षण सफल भईसकेको आफ्नो घरेलु भ्याक्सिनको परीक्षण र उत्पादन रोकिएपछि भने सरकारले प्राथमिकताका आधारमा आफ्नै नागरिकलाई भ्याक्सिन उपलब्ध गराउनेछ । अस्ट्र्रेलिया विश्वमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम प्रभावकारी काम गर्ने देश मध्येमा पर्दछ । अहिलेसम्म अस्ट्रेलियामा २८ हजार जनामा भाइरसको संक्रमण देखिएको छ भने ९ सय ८ जनाले यस भाइरसबाट ज्यान गुमाएका छन् । अस्ट्रेलियामा कोरोनाका ४९ जना मात्र सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया