दुई अर्ब अमेरिकी डलर घोटालाका मुख्य आरोपी मोदीलाई बेलायतले सुर्पुदुगी गर्ने

फाल्गुन १३, २०७७ | काठमाडौं

भारतको पञ्जावको नेशनल बैंकको करीब दुई अर्ब अमेरिकी डलर अर्थात झण्डै १४ हजार करोड भारु घोटालाका मुख्य आरोपी नीरव मोदीलाई बेलायतले भारतमा सुर्पुदुगी गर्ने भएको छ ।

 बेलायतको एक अदालतले आज मोदीलाई भारत सरकारलाई जिम्मा लगाउने फैसला गरेको हो । हिरा व्यापारी मोदीमाथि पञ्जाव नेशनल बैंकको दुई अर्ब अमेरिकी डलर अर्थात झण्डै १४ करोड भारु धोखाधडी गरेको आरोप छ । मोदीले आफन्तसहित बैंकका कर्मचारीहरुसँग मिलेर फर्जी ऋणपत्र बनाई धोकाधडी गरेको आरोप छ । 

यस काण्डलाई भारतको सबैभन्दा ठूलो बैकिंङ ठगीको रुपमा लिइन्छ । हाल उनी बेलायतको एक जेलमा छन् । उनी सन् २०१९ को मार्चमा बेलायतमा पक्राउ परेका थिए । मोदीलाई २८ दिनभित्र भारत ल्याई मुम्बईको आर्थर जेल चलान गर्न अदालतले भनेको छ । 

 यसअघि मोदीले आफूलाई भारतमा सुर्पुदुगी गरे आत्महत्या गर्ने चेतावनी दिएका थिए । भारतका आफ्नो मुद्दाको न्यायोचित सुनुवाई नहुने उनको भनाई छ । यसअघि मोदीका वकिलले बेलायतको अदालत समक्ष उनको मानसिक अवस्था ठीक नभएको भन्दै निवेदन दिए पनि अदालतले भने सो निवेदन खारेज गरिदिएको थियो । 


प्रतिक्रिया