अक्सिजन ट्यांकर चुहिँदा कम्तीमा २२ जना कोरोना संक्रमित बिरामीको मृत्यु

वैशाख ८, २०७८ | नयाँदिल्ली

भारतको महाराष्ट्र राज्यस्थित नासिकको जाकिर हुसेन अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध हुँदा २२ जना विरामीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आज बिहान अस्पतालमा अक्सिजन आपूर्ति गर्दै आएको ट्यांकर चुहिँदा करीब आधा घण्टासम्म सेवा अवरुद्ध भएको थियो ।

नासिक नगर निगमका आयुक्त कैलाश जाधवका अनुसार करिब १ सय ५० सिकिस्त बिरामीले आधा घण्टासम्म अक्सिजन नपाएको र भेन्टिलेटरमा उपचारत २३ मध्ये २२ जनाको ज्यान गएको हो । लामो प्रयासपछि प्राविधिकहरु चुहावट रोक्न सफल भएका थिए । घटना लगत्तै अक्सिजन आवश्यक सिकिस्त बिरामीलाई तत्कालै अन्य अस्पतालमा सारिएको थियो । घटनाका सम्बन्धमा महाराष्ट्र राज्य सरकारले छानबिन गर्ने भएको छ । 


प्रतिक्रिया