इजरेल र प्यालेष्टाइनबीच युद्धविराम

श्रावण २३, २०७९ | इजरेल

इजरेल र प्यालेष्टाइनबीच तीन दिनको हिंसात्मक घटनापछि युद्धविरामको सम्झौता भएको छ । तीन दिनको अवधिमा ४३ जनाको मृत्यु भएको छ । प्यालेष्टिनी इस्लामिक जिहाद समुहले इजिप्टका मध्यस्तकर्ताको सहयोगमा युद्धविरामको सम्झौता भएको जनाएको छ । इजरेली प्रधानमन्त्री यइर लापिदले युद्धविराम सम्झौता भएको पुष्टि गर्नुभएको छ । सन् २०२१ को मेमा भएको हिंसापछि पहिलो पटक दुवै तर्फबाट आक्रमणको सिलसिला तीव्र बनेको हो । जिहाद समूहको पकड रहेको क्षेत्रमा मात्रै आक्रमण गरेको इजरेली पक्षले दावी गरेको थियो । तीन दिन लामो हिंसाका क्रममा मारिने ४३ मध्ये १५ बालबालिका रहेको प्यालेष्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरेली हिंसाका कारण ३ सय भन्दा बढी घाइते भएको प्यालेष्टाइन सरकारले जनाएको छ । प्यालेष्टाइनका तर्फबाट भएका रकेट आक्रमण आकाशमै नष्ट गरिंदा इजरेलमा कुनै पनि भौतिक तथा मानवीय क्षति भएको छैन । 


प्रतिक्रिया