पर्सा—बारा औद्योगिक करिडोरमा दैनिक १ सय ५० मेगावाट विद्युत आयात

वैशाख १४, २०८१ | वीरगञ्ज

पर्सा—बारा औद्योगिक करिडोरका लागि भारतबाट दैनिक १ सय ५० मेगावाट विद्युत आयात भईरहेको छ ।

रक्सौल— परवानीपुर प्रशारण लाईनबाट दैनिक १ सय २० देखि १ सय ५० मेगाावाट सम्म विद्युत आयात भईरहेको हो । भारतबाट आयत हुने तथा स्वदेशी बिजुली समेत सो क्षेत्रमा बितरण गर्ने गरेको प्राधीकरणले जनाएको छ ।

बारा — पर्सा औद्योगिक करिडोरमा ३ सय मेगावाट विद्युत उपलब्ध गराउने संरचनाको अभाव रहेको नेपाल विद्युत प्राधीकरण विरगञ्ज बितरण केन्दका प्रमुख अवधेश कुमार दुबेले बताउनुभयो । पर्सा— बारामा ३ सय मेगाावट विद्युतको आवश्यकता भएपनि अहिले २ सय मेगावाट विद्युत धान्ने संरचना रहेको छ ।

सुख्खा याममा स्वदेशी उत्पादनले अपुग हुने गरेकाले कटैया, ढल्केवर ,परासी, रुपन्देही, टनकपुर, नेपालगञ्ज नाका हुदै भारतबाट विद्युत आयत गर्ने गरिएको छ । अहिले पर्सा बारा औद्योगिक करिडोरमा अघोषित लोडसेडिङले उद्योगी व्यवसायी मर्कामा परेका छन् ।

दैनिक ८ घण्टा सम्म अघोषित रुपमा विद्युत कटौती हुदाँ फलामजन्य बस्तु उत्पादन गर्ने उद्योगहरु बढी अप्ठ्यारोमा पर्ने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरी गौतमले बताउनुभयो । 


प्रतिक्रिया